भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान-३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।
एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो ।
पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चन्द्रमामा रातको समयमा भए...