उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। ‘उपेन्द्र जीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छौ’ झाले भने,‘केही बेरमा औपचारिक निर्णय बाहिर आउँछ।’