काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ।
पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए।
पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…
स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध 'बागी' उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली काँग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरेको हो । पार्टीले आइतबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखकाे पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको
काठमाडौँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका छन् । केन्द्रीय सदस्य त्यागेर पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन् । उनी एमालेको पदाधिकारीका आकाङ्क्षी मानिँदै आएका थिए । पदाधिकारीका आकाङ्क्षी पण्डितलाई केन्द्रीय सदस्यमा सीमित गरेपछि असन्तुष्ट रहेका उनले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन् । सम्बन्धित समाचार […]
नेकपा एमालेका नेता लालबाबु पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका छन्। केन्द्रीय सदस्य त्यागेर पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन्।
उनी एमालेको पदाधिकारीका आकांक्षी मानिँदै आएका थिए। पदाधिकारीका...
१८ वर्ष पुरा नगरी नेकपा (एकीकृत समाजवादी) पार्टीको साधारण सदस्य बन्न नपाइने भएको छ । सो पार्टीले तयार गरेको अन्तरिम विधानमा १८ वर्ष पुरा भएका नेपाली नागरिकमात्रै साधारण सदस्य बन्न पाउने उल्लेख गरिएको छ । यस्तै भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएकालाई साधारण सदस्य बनाइने कुरा विधानमा उल्लेख गरिएको छ ।
यसैगरी सरकारी कर्मचारीलाई पनि सदस्य बनाउने नीति नयाँ पार्टीले लिएको छ ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड माधव समुहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो ।
सो समुहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ ।
पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उहाँलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराईएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसदीय दलका नेतासंगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाईसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशन अनुसार संसदीइ दल चल्ने खालको विधि विधान भएको हुनाले त्यही अनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराईएको अवस्था छ ।’
अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ‘जानकारी सम्बन्धी पत्रमा’ भनिएको छ, ‘असंबैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थाामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तुतथ्यको विपरीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु ।’