बैतडी : नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।एमाले बैतडीका सचिव चक्र कार्कीका अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको हो। यसका साथै एमालेका प्रदेश क