पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका हुन् । उनीहरुलाई बिहीबार स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक माम