बारा कांग्रेसमा पुरानै अनुहार

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा पुनः पुरानै अनुहार सिफारिस भएको छ । बारा क्षेत्र नम्बर २ मा ७ दशक उमेर नाघेका पूर्व सांसद राधेचन्द्र यादव, क्षेत्र नं ३ मा ७ दशक नजिक (६९ वर्ष) पुगेका पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा क्षेत्र नं १ मा ६ दशक उमेर काटेका उमाकान्त चौधरीको एकल नाम सिफारिस भएको छ । आगामी निर्वाचनको लागि यादव र मन्सुर ७ औ पटक र चौधरीको नाम पाँचौपटक सिफारिस भएको हो । यसअघि भएका संविध