गुल्मी : मंसिर ४ गते हुने संघीय र प्रादेशिक चुनावमा गुल्मीबाट राजनीतिक दलहरुले पुरानै उम्मेदवारलाई सिफारिश गरेका छन्। देशमा जताततै युवा र नयाँ अनुहारको अपेक्षा मतदाताले गरे पनि गुल्मीमा भने त्यसो नहुने दलहरूले गरेको उम्मेदवारी सिफारिशबाट स्पष्ट भएको छ।राजनीतिक पार्टीहरूले पुरानै सोच र पुरानै विचारको सम्मानका नाममा पुरानै नेताहरूलाई केन्द्र र प्रदेशमा निर्वाचनका लागि सिफारिश गरेकाले उनीहरूबाट केही आशा नरहेको तम्घासका स्थानीय सूर्य सुनारले बताए। दलहरूले पुरानै अनुहार