विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दैछ ।
भोलि बुधवारको बैठकका लागि माधव नेपाल पक्षका ११ जनाबाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्यबाहेक अन्यलाई नियन्त्रण गरिएको छ,’ तामाङले लोकान्तरसँग भने ।
नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायत ११ जनालाई निमन्त्रणा गरिएको छैन । महाधिवेशन आयोजक क...