सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं ।  सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । वरिष्ठतम एआईजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ गते अवकाश पाएपछि महानिरीक्षकको पद खाली थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको हो । केसी अब १७ […]

सम्बन्धित सामग्री

सशस्त्रमा एआईजीको दुई पद रिक्त, बढुवा सिफारिस एकजना मात्र

सशस्त्र प्रहरी बलमा दुईवटा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पद खाली छ । वैशाख १९ पछि खाली भएको सो पदमा बढुवा गर्नेगरी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले वैशाख १६ मा सूचना प्रकाशन गरेका थिए । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक हुन्छन् ।वैशाख १८ बाट पुष्पराम केसी अवकाशमा गए । सोही दिन मन्त्रिपरिषद्ले राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सशस्त्रमा दुईवटा अतिरिक्त महानिरीक्षकको पद खाली भयो ।वैशाख २१ मा गृह

सशस्त्र प्रहरी महानिरीक्षक केसी र एआईजी पौडेलको बिदाई

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले अवकाश पाएका छन् । आइतबार मध्यरातबाट अवकाश पाउन लागेका आईजीपी केसी र एआईजी पौडेलाई संगठनबाट बिदाई गरिएको छ ।सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा अयोजित समारोहमा बिदाई गरेका हुन् । बिदाई हुनुअघि महानिरीक्षक पुष्पराम केसीले नवनियुक्त आईजीपी अर्याललाई  संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए । बिदाई समारोहमा अर्यालले सशस्त्रमा ३० बर

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]

सशस्त्रमा बढुवा धमाधम

काठमाडौं । सशस्त्र प्रहरी बलले लामो समयदेखि अवरुद्ध बढुवा प्रक्रियालाई धमाधम अघि बढाएको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएपछि उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई प्रमुख प्राथमिकता दिँदै बढुवा प्रक्रिया धमाधम अघि बढाएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएकै दिन गृह मन्त्रालय बढुवा समितिको सचिवालयले २९ चैतमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) […] The post सशस्त्रमा बढुवा धमाधम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएपछि आइजी पद खाली थियो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी के.सी. र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा के.सी.लाई महानिरीक्षक नियुक्त […]

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौं, सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहका खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले बिदाइ गरेका छन् । महानिरीक्षक खनालले अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् […]

सशस्त्र प्रहरीको निमित्त प्रमुखमा पुष्पराम केसी

सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएका छन् । खनालले वरियतामा अगाडी रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई निमित्तको जिम्मेवारी सुम्पेर बिदा भएका हुन् । खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामश

सशस्त्र प्रहरी महानिरीक्षकको सकियो कार्यकाल, को बन्ला नयाँ आईजीपी ?

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबारदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर उनी अवकाशमा जान लागेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सोमबार मध्यान्ह उनको बिदाइ समारोह आयोजना गरिएको छ ।सरकारले खनाललाई २०७४ चैत २९ बाट लागू हुनेगरी आईजीपीको जिम्मेवारी दिएको थियो । खनालको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी हुन् ।

सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका  !

सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् । एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् । एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई पर

सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।छोटो समय आईजीपी बन्ने प्रतिस्