सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।छोटो समय आईजीपी बन्ने प्रतिस्