इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ । इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ ।इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको छ ।प्रधानमन्त्री नफ्टाली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीलाई यसको तयारी गर्नका लागि भनेका छन् ।इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टका कारण पहिलो संक्रमितको मृत्युबारे पत्ता लागेपछि यस्त