सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने,