कठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ ।
कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खाेपलाई मान्यता दिएको छ । अब यी खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हाे ।
कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेख...