काठमाण्डौ - अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ ।
जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ ।
अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ ।
फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जो...