पर्वत : कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीहरूको सुविधा दिने निर्णयको नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्। देश कोरोना महामारी तथा बर्खा याम विपद्को मुखैमा रहेको बेला सरकारले सुविधा उपभोगकै विषयलाई प्रमुख मानेको भन्दै नागरिकले उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। नागरिकले कोरोना खोप र संक्रमितले अक्सिजन नै पाउन नसकिरहेको अवस्थामा सुविधाको नाममा आर्थिक भार थप्न नहुने भनी सामाजिक सञ्जालहरुमा आक्रोस पोखेका छन्।मुख्यमन्त्