सगरमाथा इन्स्योरेन्ससहित तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर मंगलवार सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १ लाख ५९ हजार ९६५ कित्ता, सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । मंगलवार सूचीकृत भएको कुल २७ लाख ८१ हजार ३०९ कित्ता बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । नेपाल हाइड्रो डेभलोपरले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् । 

सम्बन्धित सामग्री

ज्योति विकास बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले यी तीन कम्पनीको माघ २६ गतेसम्म कायम अन्तिम शेयरमूल्यको आधारमा प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले ज्योति विकास बैंकको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ३१६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३०६ दशमलव ८० तोकेको हो ।  त्यस्तै सगरमाथा इन्स्योरेन्सको अन्तिम मूल्य रू. ७९९ दशमलव ८० को आधारमा १२ दशमलव ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७११ दशमलव ५७ तोकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको ६ दशमलव ९९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ५३१ दशमलव ८३ तोकेको छ । नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ५६९ को आधारमा मूल्य समायोजन गरेको हो । यी कम्पनीहरूले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मितिसमेत तय गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले माघ २७ गते एक दिन र ज्योति लाइफ इन्स्योरेन्सले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको मूल्य समायोजन गरेको हो ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

नेप्सेमा ३ कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ वटा कम्पनीको शेयर सुचिकृत भएको छ। आज सगरमाथा इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, र नबिल बैंकको शेयर सुचिकृत भएको छ।आज सगरमाथा इन्स्योरेन्सको २० प्रतिशतले हुन आउने २२ लाख २२ हजार ७ सय १५ कित्ता बोनस शेयर, र एनएमबि माइक्रोफाइनान्सको २१.५० प्रतिशतले हुन आउने ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । त्यस्तै आज  नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नेपाल बंगलादेश बैंकतर्फबाट आएको ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर नबिल बैंकको नाममा सुचिकृत भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १:०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । जस अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । सोहि अनुसार आज ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा नबिल बैंकको नाममा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज सुचिकृत थप शेयर संगै नबिल बैंकको सुचिकृत शेयर संख्या २२ करोड ८३ लाख २९ हजार ८७ कित्ता शेयर भएको छ । अर्थात् नबिल बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड पुगेको छ ।नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।

सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वैशाख १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीवार सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ७९ दशलमव १७ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २९५ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले आव २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ ।

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

वैशाख १४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भागलिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याकेंट काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जानकारी दिएको छ ।

सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

पुस १, काठमाडौं । बिहीवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनस शेयर र सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सगरमाथा इन्स्योरेन्सले ११.५८ % लाभांश बुधवार पारित गर्दै

असार २९, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते बुधवार २४औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले प्रधान कार्यालय नक्साल काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/ ७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष ०६८/ ६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।  बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

सगरमाथा इन्स्योरेन्सको शेयरमुल्य समायोजन

काठमाडौं, १७ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमुल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको बुधबार भएको अन्तिम कारोबार मुल्य १५ सय ५४ रुपैयाँको आधारमा नयाँ मुल्य १४ सय रुपैयाँ तोकेको हो । आजदेखि […]