सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वैशाख १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीवार सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ७९ दशलमव १७ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २९५ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले आव २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

ज्योति विकास बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले यी तीन कम्पनीको माघ २६ गतेसम्म कायम अन्तिम शेयरमूल्यको आधारमा प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले ज्योति विकास बैंकको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ३१६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३०६ दशमलव ८० तोकेको हो ।  त्यस्तै सगरमाथा इन्स्योरेन्सको अन्तिम मूल्य रू. ७९९ दशमलव ८० को आधारमा १२ दशमलव ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७११ दशमलव ५७ तोकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको ६ दशमलव ९९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ५३१ दशमलव ८३ तोकेको छ । नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ५६९ को आधारमा मूल्य समायोजन गरेको हो । यी कम्पनीहरूले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मितिसमेत तय गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले माघ २७ गते एक दिन र ज्योति लाइफ इन्स्योरेन्सले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको मूल्य समायोजन गरेको हो ।

नेप्सेमा मूल्य समायोजनपछि सगरमाथा इन्स्योरेन्सको सेयर कतिमा हुँदै छ कारोबार?

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सगरमाथा इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ। नेप्सेले इन्स्योरेन्सले प्रस्ताव गरेको २० प्रतिशत बोनस

सगरमाथा इन्स्योरेन्सको शेयरमुल्य समायोजन

काठमाडौं, १७ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमुल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको बुधबार भएको अन्तिम कारोबार मुल्य १५ सय ५४ रुपैयाँको आधारमा नयाँ मुल्य १४ सय रुपैयाँ तोकेको हो । आजदेखि […]

सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन

असार १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ११ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ४०० तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५५४ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।  लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि सभामा छफल हुनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्गे प्रस्ताव गरेको हो ।