पुस १, काठमाडौं । बिहीवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनस शेयर र सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।