वैशाख १४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भागलिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याकेंट काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जानकारी दिएको छ ।