काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले यी तीन कम्पनीको माघ २६ गतेसम्म कायम अन्तिम शेयरमूल्यको आधारमा प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले ज्योति विकास बैंकको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ३१६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३०६ दशमलव ८० तोकेको हो ।
त्यस्तै सगरमाथा इन्स्योरेन्सको अन्तिम मूल्य रू. ७९९ दशमलव ८० को आधारमा १२ दशमलव ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७११ दशमलव ५७ तोकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको ६ दशमलव ९९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ५३१ दशमलव ८३ तोकेको छ । नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ५६९ को आधारमा मूल्य समायोजन गरेको हो ।
यी कम्पनीहरूले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मितिसमेत तय गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले माघ २७ गते एक दिन र ज्योति लाइफ इन्स्योरेन्सले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको मूल्य समायोजन गरेको हो ।