राष्ट्रियसभा सदस्य निर्वाचन बुधबार सम्पन्न हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले यसअघि नै २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिसकेको छ । कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । आयोगका अनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने छ । आयोगको निर्देशनअनुसार मतदा