निर्वाचन कार्यालयले दलहरुलाई भन्यो- राष्ट्रियसभा उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गरौं

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको प्रचार र अन्य गतिविधि गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिइ स्वास्थ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न दलहरुलाई भनेको छ। आयोगले आज निर्वाचनमा सहभागी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पत्र पठाइ यस्तो भनेको हो। जेठ ६ गते बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचनमा संक्रमित मतदाता पनि सहभागी हुन पाउने

काठमाडौं– यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्। निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी व्यवस्थित र सुरक्षित रुपबाट मतदान तथा मतगणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। उम्मेदवार वा मतदाता मध्ये कोही संक्रमित भएको खण्डमा पनि निश्चित मापदण्डका आधारमा निर्वाचनमा […]