राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति […] The post राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ १२ गते भएको निर्वाचनको प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न संविधान तथा सङ्घीय कानुनबमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि सदा तयारी अवस्थामा रहन आग्रह गरे । राष्ट्रपति भण्डारीले आगामी निर्वाचनमा समेत आवश्यक सम्पूर्ण तयारी पूरा […]

राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ । मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ ।”

राष्ट्रियसभा सदस्य निर्वाचन : उमेदवारको मनोनयन मङ्गलबार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार  बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । उक्त निर्वाचनमा १२ राजनीतिक...

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान भोलि

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा  बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र  प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष...