कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने, यस्तो छ स्वास्थ्य मापदण्ड

काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनमा कारोना संक्रमितले पनि मत हाल्न पाउने व्यवस्था गरेको छ। बुधबार १९ बुँदे स्वास्थ्य मापदण्ड सार्वजनिक गर्दै आयोगले संक्रमितका लागि विशेष व्यवस्था गरिएको जनाएको हो।  आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले अन्य मतदातालाई संक्रमण नफैलने गरी स्वास्थ्य मापदण्ड अपनाइएको बताए। संक्रमितका लागि छुट्टै मतपेटिकाको प्रबन्ध हुने पनि…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य मापदण्ड जारी

काठाडौं, माघ ६ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर मतदान तथा मतगणना […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मंगलवार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेसनमा रहेका छन् ।

कोरोनाका कारण राष्ट्रियसभा निर्वाचन प्रभावित हुँदैन: निर्वाचन आयोग

काठमाडौँ, २९ पुस: कोरोना भाइरसका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले जानकारी दिएको हो । राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा […]