विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक […] The post विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

के विमलेन्द्र निधि ‘यू टर्न’ भएका हुन्

काठमाडौं, १८ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । धर्मनीरपेक्षका कट्टर पक्षधरका रुपमा परिचित निधिले काँग्रेस सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालय स्थापना गर्दा धार्मिक गुरुहरुलाई निम्तो गरी आरम्भ गरेका थिए । निधिले काँग्रेस महाधिवेशनभन्दा केही महिना अघि भक्तपुरमा धर्मनीरपेक्षबारे बोल्दा काँग्रेस कार्यकर्ताले नै विरोध गरेका […]

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । […]

काँग्रेस सभापतिको मतगणना अपडेटः देउवा २८८, कोइराला २१२

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवाले २८८ मत ल्याउँदा डा. शेखर कोइरालाले २१२ मत ल्याएका छन् । प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन् । शेरबहादुर देउवा– २८८ डा. शेखर कोइराला–२१२ प्रकाशमान सिंह–४२ विमलेन्द्र निधि–३९ कल्याण गुरुङ–४

काँग्रेस सभापतिको मतगणनामा को अगाडि ?

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदको मतगणना सुरु भएको छ । मतहरु सँगालेर गणना सुरु भएको छ । प्रतिष्पर्धामा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् । उनीहरुमध्येबाट कसैले पनि खसेको ४६७९ मतमा बहुमत नल्याए दोस्रो चरणको प्रतिष्पर्धा पहिलो र दोस्रो हुनेबीच चल्नेछ ।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि […]

धर्मको विषय असान्दर्भिक बहस हो : विमलेन्द्र निधि

कृष्ण जन्माष्टमीको बिहानै मध्य बानेश्वरस्थित काँग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा धार्मिक भन्दा बढी राजनीतिक सरगर्मी देखिन्थ्यो । भावी सभापतिको प्रतिस्पर्धामा उत्रिएका निधिलाई भेट्न कार्यकर्ताको भीड लागेको थियो । भिडलाई छिचोल्दै हामीले निधिसँग सरकार, पार्टी र पूजापाठका विषयमा केही जिज्ञासा राख्यौं ।  काँग्रेसका वर्तमान उपसभापति निधि १४ औं महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा अगाडि आएका छन् । उनले असोजको दोस्रो सातासम्म आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।०७७ साउन २९ देखि देखिने

निधी सभापतिको उमेद्दवारीबाट पछि नहट्ने, सम्पर्क कार्यालय खोल्ने तयारीमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने भएका छन्। कार्यतालिकाअनुसार अधिवेशन सुरु हुनुपूर्व नै निधीले सभापतिको लागि उम्मेदवारी दिने दोहोर्‍याएका हुन्। यसैको तयारीस्वरुप उनले शुक्रबार बानेश्वरस्थित...

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि आफूले सभापतिको दाबी...