विमलेन्द्र निधि निवासमा कांग्रेसका तीन नेताको 'लन्च मिटिङ' : पार्टीको नयाँ नेतृत्वबारे छलफल

काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लन्च मिटिङ’ भएको छ । निधि निवास मध्यबानेश्वरमा भएको ‘लन्च मिटिङ’ का क्रममा नेतहरूबीच पार्टीको १४ औँ महाधिवेशनबारे छलफल भएको छ । पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने पक्षमा रहनुभएका उहाँहरूबीच १४ औँ महाधिवेशन र नयाँ नेतृत्वबारे छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । उहाँहरू तीनै जना पार्टी सभापतिको आकाङ्क्षीका रूपमा हुनुहुन्छ । निध...

सम्बन्धित सामग्री

संघीय प्रणालीले पूर्णता पाएको छैनः विमलेन्द्र निधि

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय व्यवस्था अनुसारको प्रणाली बनाएपनि संघीयताले पूर्णता पाउन नसकेको बताएका छन् । पार्टीको महासमिति बैठक सकिँदै गर्दा उनले भने,‘सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश प्रहरी हुनुपर्छ भनेर आन्दोलनको अभिव्यक्ति दिइरहनुभएको छ । निजामति कर्मचारी आफ्नो हुनुपर्दछ भन्दै हुनुहुन्छ ।’ पूर्व उपभापति निधिले कार्यकर्तालाई २०८४ सालसम्मको ध्येय लिएर आफ्नो […]

देउवालाई प्रधानमन्त्री बनाउने मिसन असफल भएपछि निधिलाई दिल्लीको बोलावट

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा निधि बिहीबार दिल्ली पुगेका हुन् ।

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा...

कांग्रेस कार्यबाहक सभापतिमा विमलेन्द्र निधि

काठमाडौँ – उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत गएका छन्। जसअनुसार उपसभापति निधिलाई कार्यवाहक […]

यो महाधिवेशनबाट पार्टीको नेतृत्व दोस्रो पुस्ताका नेताले गर्छन्

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गरे । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको […]

प्रकाशमान, विमलेन्द्र र शशांक फेरि छलफलमा

कांग्रेस उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा पुगेका छन् । निधि, सिंह र कोइरालाकाबीच पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयहरुमा छलफल...

शशांक निवासमा विमलेन्द्र निधि र प्रकाशमान सिंह सहितको छलफल

आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल चलिरहेको छ । महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा शुक्रवार मध्यान्ह छलफल भइरहेको शशांकका पीए भरत तिवारीले लोकान्तरलाई जानकारी दिए । यी तीन नेताले केही दिन पहिले निधिको निवास बानेश्वरमा छलफल गरेका थिए । पार्टीको महाधिवेशनकै विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

कांग्रेसलाई अदालतको फैसला मञ्जुर छ : विमलेन्द्र निधि

वीरगंज : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा अदालतको फैसलालाई आत्मसात गरेर जाने बताएका छन्। वीरगंज-२८ बगहीमा आयोजित पार्टीको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले अहिलेको संकटको अवस्थालाई निकास दिन सर्वोच्च…

प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनपछि कांग्रेस महाधिवेशन : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापना नभए पार्टीको १४औँ महाधिवेशन निर्वाचनपछि हुने बताएका छन् । प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले पुनर्स्थापना  भएको अवस्थामा भने महाधिवेशन पहिला...