कृष्ण जन्माष्टमीको बिहानै मध्य बानेश्वरस्थित काँग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा धार्मिक भन्दा बढी राजनीतिक सरगर्मी देखिन्थ्यो । भावी सभापतिको प्रतिस्पर्धामा उत्रिएका निधिलाई भेट्न कार्यकर्ताको भीड लागेको थियो । भिडलाई छिचोल्दै हामीले निधिसँग सरकार, पार्टी र पूजापाठका विषयमा केही जिज्ञासा राख्यौं । काँग्रेसका वर्तमान उपसभापति निधि १४ औं महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा अगाडि आएका छन् । उनले असोजको दोस्रो सातासम्म आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।०७७ साउन २९ देखि देखिने