काँग्रेस सभापतिको मतगणनामा को अगाडि ?

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदको मतगणना सुरु भएको छ । मतहरु सँगालेर गणना सुरु भएको छ । प्रतिष्पर्धामा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् । उनीहरुमध्येबाट कसैले पनि खसेको ४६७९ मतमा बहुमत नल्याए दोस्रो चरणको प्रतिष्पर्धा पहिलो र दोस्रो हुनेबीच चल्नेछ ।

सम्बन्धित सामग्री

काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका हुन् । बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, […]

काँग्रेस सभापतिको मतगणना अपडेटः देउवा २८८, कोइराला २१२

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवाले २८८ मत ल्याउँदा डा. शेखर कोइरालाले २१२ मत ल्याएका छन् । प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन् । शेरबहादुर देउवा– २८८ डा. शेखर कोइराला–२१२ प्रकाशमान सिंह–४२ विमलेन्द्र निधि–३९ कल्याण गुरुङ–४

काँग्रेस मतगणना अपडेटः देउवा १३२, कोइराला ८१

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवाले १३२ मत ल्याउँदा डा. शेखर कोइरालाले ८१ मत ल्याएका छन् । ्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले ११ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् । शेरबहादुर देउवा– १३२ डा. शेखर कोइराला–८१ प्रकाशमान सिंह–२२ विमलेन्द्र निधि–१२ कल्याण गुरुङ–१

काँग्रेस सभापतिको मतगणनाः देउवा अगाडि, पछ्याउँदै कोइराला

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवा अगाडि देखिएका छन् । एक सय मत गन्दा उनले ५० मत प्राप्त गरेका छन् । देउवालाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । उनले ३४, विमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् । शेरबहादुर देउवा– ५० डा. शेखर कोइराला–३४ […]