नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । जस अनुसार नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।