सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डहरुको लाभांश घोषणा

 सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजना को आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई ९% र १०% (कर सहित) का दरले हुन आउने रकम क्रमश तेह्र करोड पचास लाख रुपैंया तथा बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।साथै, सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय क्यापिटलले गरेको छ।

सम्बन्धित सामग्री

१५ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै १५ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई लाभांश वितरणको घोषणा गरेका छन् । म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये ५ म्युचुअल फण्डले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने ६ ओटाले घटाएका छन् । गत वर्ष ४ ओटा म्युचुअल फण्डले लाभांश वितरण गरेका थिएनन् । लाभांश घोषणा गरेकामध्ये एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत भदौ १७ गतेदेखि इकाईधनीहरूको बैक खातामा नगद लाभांश पठाउनसमेत शुरु गरिसकेको छ ।  केही म्युचुअल फण्डले भने लाभांश वितरणको लागि बुक क्लोज गरिसकेका छन् । एनआईबिएल सहभागिता फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज गरिसकेका हुन् ।  केही म्युचुअल फण्डले भने बुक क्लोज गर्ने तयारी गरेका छन् । सानिमा इक्वीटी फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा यही असोज ११ गतेसम्म कायम इकाईधनीहरूले नगद लाभांश पाउनेछन् ।  त्यस्तै, एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले पनि नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने जानकारी दिएका छन् । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले यी फण्डको लाभांश पाउनेछन् । यी दुवैै फण्डले गत वर्षको मुनाफाबाट करसहित १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले पनि लाभांश वितरणको लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरू नगद लाभांश पाउन योग्य हुनेछन् । फण्डले गत आवको मुनाफाबाट करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रभु सेलेक्ट फण्डले नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् । फण्डले गत आवको मुनाफाबाट ९ दशलमव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  सानिमा इक्वीटी फण्डको लाभांश सर्वाधिक सानिमा इक्वीटी फण्डले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस फण्डले प्रस्ताव गरेको नगद लाभांश म्युचुअल फण्डहरूमध्येकै सर्वाधिक हो ।  एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घट्यो  म्युचुअल फण्डहरूमध्ये एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घटेको छ । उक्त फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा ४४ दशलमव ४४ प्रतिशत घटेको हो । फण्डले अघिल्लो वर्ष आफ्ना इकाईधनीहरूलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश करसहित वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको छ ।  म्युचुअल फण्डहरूले गत वर्ष र यो वर्ष घोषणा गरेको लाभांश र घटबढ प्रतिशत स्रोत : फण्डहरूद्वारा प्रकाशित सूचनाबाट ।

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चार वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेका सिद्धार्थ क्यापिटलका २ र लक्ष्मी क्यापिटलका २ गरि ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन हो । लक्ष्मी क्यापिटलले संचालन गरेको  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्विटी फण्डले  भदौ ७ गते बुक क्लोज मिति तय गरेका हुन् गरेका हुन् । भदौ ६ गतेसम्म  कायम इकाईधनीले फण्डले वितरण गर्ने लाभांश पाउन सक्ने छन् ।  क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। दुवै फण्डले समान ५ प्रतिशत लाभांश घोषणा गरेका हुन् । त्यस्तै सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले पनि भदौ ७ गते बुक क्लोज गर्ने भएका हुन् । भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

हालसम्म आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा , कुनको कति ? (सूचीसहित)

हालसम्म ६ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल र सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  सिद्धार्थ व्यवस्थित लगानी योजनाले भने लाभांश दिने छैन।