काठमाडौं । चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति नेपाल उद्योग परिसंघले असन्तुष्टि व्यक्त गरेको छ । मार्गदर्शनमा उत्पादनमूलक उद्योग परिभाषित गरिनु सकारात्मक भएपनि परिसंघले दिएको सुझाव साना तथा मझौला उद्योगका हकमा सम्बोधन भए पनि ठूला उत्पादनमूलक उद्योगलाई भने संशोधनले नसमेटेकोमा उसले असन्तुष्टि जनाएको हो । उत्पादमुलक उद्योगलाई चालु पुँजी कर्जासम्बन्धी हालको परिमार्जनले धेरै कुरा दिएको भाष्य […]