हेटौंडा : सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेसँगै मकवानपुरमा राजनीतिक सरमर्गी बढेको छ। मिति घोषणासँगै सम्भावित उम्मेद्वारबारे यहाँ बहस हुन थालेको छ।
प्रतिनिधिसभा अन्तर्गत यहाँ दुई क्षेत्र छन्। हाल क्षेत्र नम्बर १ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एकीकृत समाजवादीका विरोध…