धनगढी : सरकारले मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति तोकेपछि डोटीमा उम्मेदवारको चर्चा शुरु भएको छ। विशेषगरी सत्ताधारी गठबन्धनमा बलियो मानिएका नेताहरूको निर्वाचन क्षेत्र एउटै परेपछि चर्चा झनै चुलिएको हो।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि टिकटकै बारेमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादीका मुख्य नेताहरुको निर्वाचन क्षेत्र एउटै परेपछि टिकटकै लागि यहाँ मारामार हुने देखिएको छ।नेपाली काँग्