काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सेनाले अमेरिकालाई पठाएको भन्दै सार्वजनिक भएको पत्र नक्कली भएको आशंका गरेका छन्। मदन भण्डारीको जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारलाई एसपिपी ओरिजिनल डकुमेन्ट सार्वजनिक गर्न चुनौती दिएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘राष्ट्रियताको सवाललाई मान्छेहरूले सस्तो बनाएका छन्। एकजना नेताले पटक-पटक एसपिपी केपी ओली सरकारले ल्य