चिनियाँ जनमुक्ति सेनाको जलसेनाले अत्याधुनिक बमवर्षक विमान एज–६जेका साथ दक्षिण चीन सागरमा अभ्यास गरेको छ ।
त्यसक्रममा सेनाले टापुहरूमा बम खसाउने र समुद्रमा बारुद राख्ने अभ्यास गरेको हो । विमानको परम्परागत बम हान्ने क्षमताका साथै भिडन्तको स्थितिमा आक्रमण गर्ने क्षमता पनि देखिएको छ ।
पीएलएको सदर्न थिएटर कमान्डअन्तर्गत नेभल एभिएसन फोर्सले अभ्यासको आयोजना गरेको हो । त्यसमा वास्तविक हवाई बम र समुद्रमा बारुद राख्ने काम गरिएको छ ।
राति कतिपय बमवर्षक विमानहरू उडेर हवाई फर्मेसन बनाएर बिहान लक्ष्यमा पुगेको थ...