चीनसँग निहुँ खोज्दै बेलायत, दक्षिण चीन सागरमा पठायो युद्धपोत

बेलायतले एचएमएस क्वीन एलिजाबेथ नामक विमानवाहक युद्धपोत र क्यारियर स्ट्राइक ग्रुप दक्षिण चीन सागर पठाएको छ ।  चीनले दक्षिण चीन सागरको सम्पूर्ण १३ लाख वर्गमाइल क्षेत्र आफ्नो सार्वभौम क्षेत्र भएको बताउँदै आएको छ । यस क्षेत्रमा विदेशी युद्धपोतहरूले तनाव बढाइरहेको दोष उसले लगाउने गरेको छ ।  अमेरिका, बेलायत र अस्ट्रेलियाले जलआवागामन स्वतन्त्रता कारवाही (फोनोप) नियमित रूपमा गर्ने गरेका छन् । सामुद्रिक क्षेत्रमा तटीय मुलुकहरूले पहुँचलाई अन्यायपूर्वक सीमित गराउन खोजेको वाशिङटनको दाबी छ र त्यसलाई रोक्न यो कारवाही गरिएको...

सम्बन्धित सामग्री

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

बेइजिङ। चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो। जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ।

दक्षिण चीन सागरमा महाशक्तिका आ–आफ्नै दाउ : किन चीनलाई उत्तेजित पार्दैछ अमेरिका ?

दक्षिण चीन सागरमा अमेरिकाका साझेदार मुलुकहरूले केही दिनयता लगातार युद्धपोत तथा सैन्य जहाजहरू पठाइरहेका छन् ।  जलआवागमन स्वतन्त्रता कारवाही (फ्रीडम अफ नेभिगेसन अपरेसन्स) को नाममा अमेरिकाले आफ्ना युद्धपोतहरू गश्ती गर्न पठाउने गरेकोमा अहिले उसका साझेदार बेलायत, जर्मनी र भारतले समेत सैन्य जहाजहरू त्यहाँ पठाइरहेका हुन् ।  भूरणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण दक्षिण चीन सागर प्रशान्त महासागरको पश्चिमी भाग तथा हिन्द महासागरबीचको भागमा अवस्थित छ । यसको उत्तरतर्फ दक्षिणी चीनका तटीय क्षेत्रहरू पर्ने भएकाले यसको नाम दक्ष...

बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर

बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।