जर्मनीले पनि पठायो दक्षिण चीन सागरमा सैन्य जहाज

जर्मनीले सैन्य जहाज फ्रिगेट दुई दशकमा पहिलोपटक दक्षिण चीन सागर पठाएको छ ।  ६ महिनाको मिसनअन्तर्गत जर्मनीले जहाज पठाएको हो । यससँगै बर्लिनले साझेदारहरूप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ ।  जर्मनीका चार ब्रान्डेनबर्ग क्लास फ्रिगेटमध्ये बायर्न सोमवार विल्हेल्म्सहावनबाट हिँडेको छ । बिदाइ समारोहमा जर्मनीकी रक्षामन्त्री एन्नेग्रेट क्राम्प–कारेनबावर उपस्थित थिइन् ।  यस सैन्य जहाजमा ४६ वटा टोर्पिडो छन् जसले पनडुब्बीहरू ध्वस्त पार्छन् । त्यस्तै एन्टी शिप मिसाइल र एन्टी एयरक्राफ्ट हतियार पनि जहाजमा छन् । यो जहाज ६ महिनास...