दक्षिण चीन सागरमा महाशक्तिका आ–आफ्नै दाउ : किन चीनलाई उत्तेजित पार्दैछ अमेरिका ?

दक्षिण चीन सागरमा अमेरिकाका साझेदार मुलुकहरूले केही दिनयता लगातार युद्धपोत तथा सैन्य जहाजहरू पठाइरहेका छन् ।  जलआवागमन स्वतन्त्रता कारवाही (फ्रीडम अफ नेभिगेसन अपरेसन्स) को नाममा अमेरिकाले आफ्ना युद्धपोतहरू गश्ती गर्न पठाउने गरेकोमा अहिले उसका साझेदार बेलायत, जर्मनी र भारतले समेत सैन्य जहाजहरू त्यहाँ पठाइरहेका हुन् ।  भूरणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण दक्षिण चीन सागर प्रशान्त महासागरको पश्चिमी भाग तथा हिन्द महासागरबीचको भागमा अवस्थित छ । यसको उत्तरतर्फ दक्षिणी चीनका तटीय क्षेत्रहरू पर्ने भएकाले यसको नाम दक्ष...