परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छ ।
भ्रमणका सम्बन्धमा औपचारिक मिति तय भइनसकेको भए पनि भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “कार्यसूची तय गर्ने विषयमा काम गरिरहेको, सबै कुरा मिलेपछि भ्रमणमा जाने औपचारिक मिति तय हुनेछ,’’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा शुक्रवार आयोजित एक सार्वजनिक सम्बोधनमा परराष्ट्रमन्त्रीको भारत भ्रमण जनवरी १४ अर्थात् माघ १ गते हुने बताएका छन् । परराष्ट्रमन्त्रीको आसन्न भारत...