छब्बीस वर्षमा ३१ बैठकपछि 'नटुङ्गिएको मुद्दा'मा नेपाल र भारतबीचको सीमा विवाद - BBC News नेपाली

लामो समयदेखि नेपाल र भारतबीच सीमा विवादको जड बनेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका विषयमा २६ वर्षसम्म दुई देशका अधिकारीहरूको छलफल हुँदा पनि किन समाधान भएन?

सम्बन्धित सामग्री

‘नेपाल-भारत सीमा विवाद समाधानमा बंगलादेश मोडेल उपयुक्त हुन्छ’

त्यो कालापानी क्षेत्रको भाग भारतलाई दिएर हामीले क्षेत्रफल र उपयोगितामा कत्ति पनि कम नहुने गरी हाम्रो झापाको काँकडभित्ताबाट बंगलादेशको सिमाना छुने टेरिटोरी पायौं भने नेपालको सिमाना तेस्रो देशसम्म पनि गाँसिन्छ। र हामीले बंगलादेशको मंगला पोर्टको पनि उपयोग गर्न पाउँछौं ।

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।...

भारतले भन्यो– नेपाल–भारत सीमा विवाद राजनीतिकरण भयो, यसलाई इगनोर गर्नुपर्छ

नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो ।  भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधा

सधैँ बल्झिरहन्छन् सीमा विवाद प्याराताल र ब्रह्मदेव क्षेत्रमा

कञ्चनपुरको पुर्नवास नगरपालिका–९ रहेको प्यारातालमा माछा मार्ने ठेक्का दिन थालेको साढे पाँच दशक भयो । नेपाली भूमिमा पर्ने प्यारातालको भारतीय भूमितर्फ दुधुवा नेश्नल पार्क पर्छ । वन्यजन्तुको पानीको प्यास मेटाउने भन्दै प्यारातालका २०३५ सालयता विवाद हुँदै आएको छ । भारतीय पक्षले विवाद खडा गरेयता पटक–पटक नेपाल–भारत संयुक्त सर्वे टोलीले नापजाँच गरेपछि सीमा विवाद भने अझै …

भारत पुगे चिनियाँ विदेशमन्त्री, भोलि नेपाल आउने

१० चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नयाँदिल्ली पुगेका छन् । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि कुनै पनि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो । भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले शुक्रबार रुस र भारतका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी नेपाल आउने छन् । नेपाल बसाइका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीका […]

नेपालसँगको सीमा विवादबारे बोल्यो भारत

भारतले सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम हुने बताएको छ । नेपालका लागि भारतीय दूतावासले शनिबार एक प्रेस नोटमार्फत नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख गरेको छ ।  सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्र नै वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने पनि विज्ञप्तिमा भनिएको छ । ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न...

सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम : भारत

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् ।विरोधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको छ । दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख छ । दूतावासले सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।