नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दिल्लीमा सम्पन्न भएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।
सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डामा छलफल भएपनि कालापानी क्षेत्रको विषयमा भने कुनै सहमति भएको छैन ।
नेपाली भूमि भारतले मिचेर नयाँ नक्सा जारी गरेपछि विवाद फेरि सहतमा आएको थियो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा प्रकाशि...