नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

काठमाण्डाै - नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा...