लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणनाका लागि राष्ट्रिय जनगणना आयोगलाई मेकानिजम तयार गर्न सुझाव दिइएको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् । केही दिनअघिमात्रै आयोगका पदाधिकारीहरूसँग आफूले यस विषयमा छलफल गरेको खड्काले बताए । ,‘उसले (आयोगले) जनगणना गर्ने भनेको थियो । आफ्नो तरिकाले उसले एउटा मेथोडोलोजी र मेकानिजममा काम गर्नुस् भनेको छु ।’उनले वार्ताको वातावरण बनाएर भारतसँगको सीमा विवाद हल गर्ने योजना रहेको बताए । ‘यसबारे अध्ययन भइरहेको छ । अगाडि पठाएका नोटहरू अध्ययन गर्द