वायुसेवा कम्पनीको लुट जारी : नियमित उडान हुँदा पनि चार्टरकै भाडा, छानविन समितिको काम 'पीडितको आँखामा छारो हाल्नेमात्रै!'

काठमाडौं : चार्टर उडानका नाममा लुटतन्त्र चलेपछि सरकारले छानविन समिति बनायो। सँगै अन्तर्राष्ट्रिय उडान पनि नियमित गर्‍यो। सरकारको यो कदमपछि चर्को ऋण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकले जहाजको भाडा घट्ने अपेक्षा थियो। तर विमान कम्पनीले नियमित उडानबाट समेत चर्को भाडा असुलिरहेका छन्।  बढी भाडा असुलेको उजुरी परेका कम्पनीले हाकाहाक्की चर्को…

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

रेसुङ्गा विमानस्थलमा वैशाखदेखि नियमित उडान गर्ने तयारी

२० माघ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ । अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम […]

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं । ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय नभए पनि आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ । राससका अनुसार आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’   मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’ लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ । एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रू. साढे सात अर्ब लगानी भइसकेको छ ।

सुर्खेत विमानस्थलको मर्मतको काम सकियो, मंगलबारदेखि नियमित सञ्चालनमा आउने

४ पुस, काठमाडौं । धावनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस (मंगलबार)देखि खुल्ने भएको छ । विमानस्थल १० मंसिरदेखि बन्द भएको थियो । विमानस्थल ६ पुसदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् । सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले […]

बलेवा विमानस्थलमा कालोपत्र : होला त नियमित उडान ?

धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ ।  बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् ।नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरूसँग पनि कुराकानी भइरहेको छ”, उनले भने, “हामी बनेको पूर्वाधारको

प्राविधिक समस्या नरहेको यकिन भएपछि बुद्धको जहाजले थाल्यो उडान

सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज आजबाट नियमित उड्न थालेको छ । सोमबार बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौँ आएर लामो कसरतपछि ल्याण्ड भएको बुद्धको जहाजमा समस्या नदेखिएपछि आजबाटै नियमित उडान थालेको हो ।उक्त जहाजमार्फत बुद्धले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभाग र बुद्ध एयरको प्राविधिक टोलीले गरेको विस्तृत निरीक्षणमा जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको पाईएपछि नियमित उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।७२ सिटे उक्त जहाज हिजो अवतरणको क्रममा ल्यण्ड गेयरले काम नगरेपछि आकाशमै २ घण्टा होल्ड गर्नु परेको थियो ।

राजविराज विमानस्थलमा १५ दिन उडान रोकिने

९ वैशाख, काठमाडौं । सप्तरी जिल्लाको राजविराजमा अवस्थित विमानस्थलमा काठमाडौंबाट हुँदै आएको हवाई उडान १५ दिनका लागि रोकिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नतीको काम सुरु भएका कारण १० वैशाख (शुक्रबार)देखि २५ वैशाखसम्म विमानस्थलमा हुँदै आएको उडान रोकिन लागेको हो । यहाँ बुद्ध एयरले नियमित उडान गर्दै आएको छ । कम्पनीले ट्राभल एलर्ट सार्वजनिक गर्दै १५ […]

नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मत जारी

काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द काठमाडौं धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द गरिएको छ । नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मतको काम भैरहेको हो । अस्थायी रुपमा मर्मतको काम सकिएपछि केहीबेरमै उडान र अवतरण नियमित हुने वमानस्थल कार्यालयका प्रवक्त...

बलेवा विमानस्थलमा चैतदेखि नियमित उडान

बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले…