फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं । ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय नभए पनि आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ । राससका अनुसार आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’   मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’ लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ । एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रू. साढे सात अर्ब लगानी भइसकेको छ ।

सम्बन्धित सामग्री

गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान गरिने

सरकारले गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ।

रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।...

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]

काठमाडौं-सुर्खेत नियमित उडान सुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा एटिआर-७२ जहाजमार्फत शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौं –सुर्खेत–काठमाडौं रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा बिहीबारदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । सुर्खेत […]

नियमित उडान नगर्ने विमानलाई जुम्लामा रोक लगाइने

नियमित उडान नगर्ने कुनै पनि एयरलाइन्सलाई आगामी दिनमा जुम्लामा रोक लगाइने भएको छ ।अघिपछि नियमित उडान हुने र दसैं तिहारका बेला कर्णाली बासीलाई सास्ती दिने निजी एयरलाइन्सलाई जुम्लामा रोक लगाइने भएको हो । मंसिरदेखि भदौसम्म नियमित उडान गर्ने तर असोज र कात्तिकमा दसैं तिहारका बेला कर्णालीका नागरिकलाई बेवास्ता गरी अन्यत्र मात्र सेवा दिने निजी एयरलाइन्सलाई […]

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो । निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित […]

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्

पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

१७ साउन, काठमाडौं । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार […]

दुई महिनापछि तुम्लिड्टार विमानस्थलमा नियमित उडान

संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ । गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । सो विमानस्थलबाट बुद्ध एयरको ४७ सिटे जहाज मार्फत नियमित उडान भर्ने छन् । यस अघि बुद्ध र यतिका साना जहाजले तम्लिडटार काठमाडौं उडान भर्दै आएका थिए । यति एयरले […]

अब चार मुलुकमा नियमित उडान

१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]