नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मत जारी

काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द काठमाडौं धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरको लागि बन्द गरिएको छ । नियमित उडान र अवतरण बन्द गरेर विमानस्थल मर्मतको काम भैरहेको हो । अस्थायी रुपमा मर्मतको काम सकिएपछि केहीबेरमै उडान र अवतरण नियमित हुने वमानस्थल कार्यालयका प्रवक्त...

सम्बन्धित सामग्री

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]

थाइल्यान्डको थाई स्माइल एअरवेजद्वारा बैङ्कक–काठमाण्डौ सिधा उडान सुरु

काठमाण्डाै - थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एअरवेजले बैङ्कक–काठमाण्डौ–बैङ्कक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैङ्ककबाट हिजो त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमान यात्रु लिएर बैङ्कक फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि था...

थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौं सिधा उडान

थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौं–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए० भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो ।बैंककबाट दिउँसो काठमाडौं विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुम

थाई स्माइलको बैंकक-काठमाडौँ सिधा उडान सुरु

काठमाडौँ : थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि नियमित उडान सुरु गरिने

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ। काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट नाम दिइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा […]

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ ।  लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए । विमानस्थलको सीभीआर कक्ष...

विराटनगर विमानस्थल सफाइ सुरू‚ शनिबारदेखि सञ्चालन गर्ने तयारी

विराटनगर  : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।

सुकेटार विमानस्थलमा आजदेखि नियमित उडान शुरु

असार २१, ताप्लेजुङ  । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा नेपाल वायु सेवा निगमले आज (सोमवार) देखि नियमित उडान शुरु गरेको छ । कोभिड-१९ महामारीका कारणले नियमित उडान दुई महीना बन्द भएको थियो ।  सोमवार काठमाडौंबाट ९ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जानकारी दिइएको छ ।  ताप्लेजुङबाट १२ जना  यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ फर्कीएको लिम्बूले बताए । सुकेटारमा  हप्तामा चार दिन (सोमवार, बुधवार, शुक्रवार र शनिवार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू. सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं रू. सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमले ताप्लेजुङदेखि विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]