वागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा २३ प्रतिशत सम्म भाडा बृद्धि गरेपछि काठमाडौंमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने भएको छ । बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गते देखि लागु हुने गरी नयाँ भाडादर समायोजन गरेको हो ।