देशका विभिन्न ठाउँमा निर्माण व्यवसायीहरुका उपकरण जलाइएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । अज्ञात समूहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाअन्र्तगत आइतबारेमा तीनवटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।