तिमी धरती म आकाश हामीलाई जोड्ने प्रेमको सेतु बीचको वायुमण्डल म वर्सन्छु निरन्तर, बोकेर प्रेमको जल घुलिन्छु तिमीमा सोसिन्छु तिमीमा जति जे छ मेरो, अर्पिन्छु तिमीमा । जीवन उम्रन्छ तिमीमा, हुर्कन्छ तिमीमै फल्छ, फुल्छ, लहराउँछ अनि झुल्छ तिमीमै तिमी धरती, उर्वर समथर म आकाश, निश्चल निर्मल लमतन्न तिम्रो फैलावट कतै खोंच कतै डाँडा तिम्रै गर्भ […]