एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ’, स्थापितले भने, ‘युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक ह